एनपीएलमा सुदूरपश्चिमको तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले निर्धारोत २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको हो ।  कर्णालीको लागि डेब्यु खेल खेलेका डेभिड मिल्लरले ९३ बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । उनले ५५ बलमा ७ छक्का र ५ चौका प्रहार गरे ।

सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले दुई विकेट लिँदा हेमन्त धामी, अनिल खरेल, दीपेन्द्र सिंह एरी र थारिन्दु रत्नयाके र अविनाश बोहोराले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो । सुदूरपश्चिमको लागि सैफ जैबले ३५, विनोद भण्डारीले २७, ब्राण्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३, थारिन्दु रत्नायाकेले २२, स्कट कुगेलेइनले १३, आरिफ शेखले ११ र दीपेन्द्र सिंह एरीले १० रन बनाए ।

कर्णालीको लागि मार्क वाटले दुई विकेट लिँदा हुसेन टालट, नन्दन यादव र सुर्य तामाङले समान एक/एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिम ५ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।   एक खेल कम खेलेको कर्णाली ४ अंकको साथ पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *