काठमाडौं । एसीसी यु-१९ एसिया कप अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।
जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । भारतको लागि आर्याभिर सेवाग र लक्ष्य आइचन्दानीले अर्धसतक बनाए । सेवागले ५२ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए । यस्तै लक्ष्यले ६३ बलमा ७ चौकाको मद्दतमा नटआउट ५३ रन बनाए ।
यसअघि अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४२.३ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो । नेपालको लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे । यस्तै आशिष लुहारले २९ र निरज कुमार यादवले २० रन बनाए ।
भारतको लागि इशान सुदले १० ओभरमा ४ मेडन राख्दै १८ रन दिएर तीन विकेट लिए । यस्तै याशभर गोउदले दुई तथा काभ्या परेश पटेल र मनाल चौहानले समान एक/एक विकेट लिए ।
