धनगढीको मार्की खेलाडीमा विशाल राई

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका मिडफिल्डर विशाल राईलाई धनगढी एफसीले मार्की खेलाडीको रुपमा घोषणा गरेको छ । सोमबार नेपाल सुपर लिग(एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विशाललाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो ।

२७ वर्षिय मिडफिल्डर विशाल हाल ए डिभिजन क्लब मछिन्द्रसँग आवद्व छन् । यसअघि उनले झापा-११ र मनाङ मर्स्याङ्दी क्लबबाटपनि खेलेका थिए । सन् २०१५ मा भारतविरुद्व खेल्दै नेपाली राष्ट्रिय टोलीको लागि डेब्यु गरेका विशालले देशको लागि १९ खेल खेल्दै ३ गोल गरिसकेका छन् । नेपालले बंगबन्धु गोल्डकप, १३ औं साग र एएफसी सोलिडारिटी कप जित्दा उनी टोलीका मुख्य सदस्य थिए ।

एनएसएलमा धनगढी टिमका लागि अरु खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ । प्रतियोगितामा सहभागि ८ टोलीले एक/एक जना मार्की खेलाडी राख्न पाउनेछन् । लिग आगामी वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ । लिगको अन्य खेलाडीको छनोट अक्सनबाट हुनेछ । हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहनेछन् । लिगमा विदेशी खेलाडीको पनि उपस्थिती रहनेछ । हरेक टोलीले टिममा ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् भने मैदानमा दुई खेलाडी मात्र उतार्न पाउनेछन् ।

तस्बिर:- हाम्रो खेककुद डट कम

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *