पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे । काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गका दुई स्थानमा पहिरो र लेदोसहितको माटो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीमा सडक माथिबाट ढुङ्गा र माटोसहितको लेदो खसेको छ । यस्तै, रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झर्ने क्रम जारी छ ।

दुवै स्थानमा पहिरो र लेदो खसेपछि बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रहरीले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *