प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज बार्सिलोना र हुयस्का भिड्दै छन् । क्याम्प नोउमा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ । घरेलु मैदानमा हुने खेल जित्दै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिन चाहन्छ ।
हाल बार्सिलोना २६ खेलमा ५६ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । बार्सिलोना लिगको पछिल्लो ५ खेलमा अपराजित रहेको छ । यता लिगको पुछारमा रहेको हुयस्का सकारात्मक नतिजाको अपेक्षामा रहेको छ ।
हाल हुयस्का २६ खेलमा २० अङ्कको साथ लिगको पुछारमा रहेको छ । हुयस्काले लिगको पछिल्लो ५ खेलमा १ जित, १ बराबर र ३ हारको नतिजा निकालेको थियो । दुई टोलीबीच भएको पछिल्लो ५ खेलमा ४ खेल बार्सिलोनाले आफ्नो पोल्टामा पारेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।
