फ्रेन्च लिगमा पिएसजी पराजित

प्रज्जवल थापा । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले सातौं हार बेहोरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पिएसजी नान्टेसँग २–१ गोल अन्तरले पराजित भएको हो । नान्टेसलाई जित दिलाउन रान्डान कोलो मिएनी र मोसेस सिमोनले एक/एक गोल गरे ।

पिएसजीको लागि जुलिएन ड्राक्सलरले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा शुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । ४२ औं मिनेटमा ड्राक्सलरले गोल गर्दै पिएसजीलाई खेलमा अगाडि बढाएका थिए ।

५९ औं मिनेटमा मिएनीले गोल गर्दै नान्टेसलाई बराबरीमा ल्याए । यस्तै ७१ औं मिनेटमा मिएनीको पासमा सिमोनले गोल गर्दै नान्टेसलाई २–१ गोलको जित दिलाए । जितसँगै नान्टेस २९ खेलमा २७ अङ्क जोड्दै लिगको १८ औं स्थानमा उक्लिएको छ भने पराजित पिएसजी समान खेलमा ६० अङ्कको साथ दोस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *