सप्तकोशीमा मोटरबोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन सभामा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

त्यसैगरी बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनको समय दिइएको छ ।

त्यस्तै बैठकले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *