कर्णालीद्वारा जनकपुरलाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले जनकपुरलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको हो । कर्णालीको लागि अरिफुल इस्लामले २९ बलमा ४ छक्काको मद्दतमा ४३ रन बनाउँदा पवन सरार्फले ३७ रन बनाए । उनले ३७ बलमा ३ छक्का प्रहार गरे । यस्तै दिपक डुम्रेले १३, गुलसन झाले १२ र नन्दन यादवले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरको लागि कप्तान हर्मित सिंहले ४ ओभरमा एक मेडन राख्दै २२ रन दिएर तीन विकेट लिए । यस्तै डेब्यु खेल खेलेका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर २ विकेट लिँदा मोइन अलीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

अब जनकपुरले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *