एजेन्सी । फरवार्ड इर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इग्लिस प्रिमियर लिगमा संघर्घपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा इप्स्विच टाउनलाई ३-२ गोलले पराजित गर्दै सिटीले लिगमा लगातार सातौँ जित निकालको हो ।
इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन हालान्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे । इप्स्विच सिटीको लागि डाइजेन माइडा र जिआन फ्लेमिङले समान एक/एक गोल गरे । १९ औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । तीन मिनेटपछि माइडाले गोल गर्दै इप्स्विचलाई १-१ गोलको बराबरीमा ल्याए ।
३४ औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाएका थिए । ६९ औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ९० औँ मिनेटमा फ्लेमिङले पेनाल्टीमा गोल गर्दै इप्स्विचलाई ३-२ गोलको स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेनन् ।
जितसँगै सिटी ७ खेलबाट २१ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहँदा इप्स्विच समान खेलबाट ९ अंक जोड्दै दसौं स्थानमा रहेको छ ।
