ला लिगामा बार्सिलोनाको विजयी यात्रा जारी

एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले विजयी यात्रा जारी राखेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल बेटिसलाई ५-२ गोलले पराजित गर्दै बार्सिलोनाले लिगमा लगातार नवौं जित निकालेको हो ।

सेभिल्लामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामाल, रोड्री, गाब्रियल जेसस, इरिक गार्सिया र डानी ओल्मोले समान एक/एक गोल गरे । बेटिसको लागि अब्देसामद इज्जाल्जोउली र भालेन्टिन गोमेजले समान एक/एक गोल गरे । खेलको दसौं मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

२७ औँ मिनेटमा गोमेजले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा ल्याए । ४१ औँ मिनेटमा रोड्रीले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । ५१ औँ मिनेटमा जेससले गोल गर्दा बार्सिलोना सहज जिततर्फ अगाडि बढेको थियो । ५३ औँ मिनेटमा इज्जाल्जोउलीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । लगत्तै फाकुन्डो बेर्नाल रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो ।

६२ औँ मिनेटमा गार्सियाले गोल गर्दै बार्सिलोनालाई ४-२ गोलको अग्रता दिलाए । यस्तै ८१ औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई ५-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना ९ खेलबाट २७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १९ अंक जोडेको बेटिस तेस्रो स्थानमा रहेको छ ।

One thought on “ला लिगामा बार्सिलोनाको विजयी यात्रा जारी”

  1. Pingback: - Nepal Samaj

Leave a Reply

Your email address will not be published. Required fields are marked *