प्रिमियर लिगमा आर्सनल र टोटेन्हाम भिड्दै

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा आज दुई ठूला क्लब आर्सनल र टोटेन्हाम भिड्दैछन् । इमिरेट्स रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेल जित्दै आर्सनल लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल आर्सनल २७ खेलमा ३८ अङ्क जोड्दै लिगको दसौं स्थानमा छ । आर्सनलले लिगको पछिल्लो ५ खेलमा २ जित, १ हार र दुई बराबरको नतिजा निकालेको थियो ।

यता टोटेन्हामपनि आजको खेल जित्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । टोटेन्हामले सबै प्रतियोगितामा गरि पछिल्लो ५ खेलमा सतप्रतिशत जित निकालेको छ । टोटेन्हाम हाल २७ खेलमा ४५ अङ्कको साथ लिगको सातौं स्थानमा छ ।दुई टोलीबीच भएको पछिल्लो २५ खेलमा दुवै टोलीले ९÷९ खेल जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *