पोखरा । पोखराको ओख्ले भिरमा आज विहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बस सडकबाट करिब १०० मिटर तल खसेको छ । बसमा कक्षा १० का २१ जना विद्यार्थी सवार थिए । घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ ।
