बराबरीमा रोकियो चेल्सी

प्रज्जवल थापा । लण्डन क्लब चेल्सी प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । शनिबार बेलुकी भएको खेलमा चेल्सी लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

एल्लान्ड रोडमा भएको खेलमा दुवै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बढेका छन् । यससँगै चेल्सीले तेस्रो स्थानको लेस्चर सिटीसँग अङ्क बराबरी गर्ने मौकापनि गुमाएको छ ।

चेल्सी २९ खेलमा ५१ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ भने एक खेल कम खेलेको लेस्चर ५३ अङ्कको साथ तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *