नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक जित्न सफल भएको छ।

वेल्सको ब्रेकनमा असोज २१ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ।

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको थियो।

प्रतियोगितामा बेलायतसहित ३५ राष्ट्रका १३० टोलीले सहभागिता जनाएका थिए। सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ। अभ्यासमा सहभागी टोलीले करिब ७० पौण्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ।

त्यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाहरूको परीक्षण गरिन्छ। यसअघि पनि नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक जितिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *