शेयर बजारमा ३ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से २०.४८ अङ्कले घटेको हो । आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २४२ वटा कम्पनीको शेयर घटेकोमा ३२ वटाको बढेको छ ।

आज ५ वटा कम्पनीको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन स्टान्डर्ड चार्टर्ड बैंकको डिबेन्चर ५.७५ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३५९ वटा कम्पनीको ९० लाख कित्ता शेयर ३ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *