एसियाली खेलकुद : करातेतर्फ मीनबहादुर तामाङ क्वार्टरफाइनलमा

काठमाडौं । नेपाली कराते खेलाडी मीनबहादुर तामाङ एसियाली खेलकुदअन्तर्गत पुरुष कुमुतेको ६० केजीमुनि तौल समूहको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

जापानको तोयोहाशी जिम्नाजियममा आइतबार भएको प्रिक्वार्टरफाइनलमा मीनले हङकङका का हिम चाउलाई ४–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

क्वार्टरफाइनलमा मीनले ताजकिस्तानका मुहम्मद मिर्जोजोदासँग प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा जित निकाल्न सके उनले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछन् ।

यसैबीच, महिला एकल कातातर्फ नेपालकी सानुमाया थिङ भने अन्तिम–१६ बाट बाहिरिएकी छन् । उनी दक्षिण कोरियाकी हेउन चोईसँग ५–० ले पराजित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *