धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सुमो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ९ बजे छथर जोरपाटी–३, बन्चरेस्थित कामिटारमा को १ ज २४९४ नम्बरको सुमो दुर्घटनामा परेको हो । पिङडाँडा–ताङ्खुवाबाट धरानतर्फ जाँदै गरेको सुमो ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा छथर जोरपाटी–३ की करिब ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीसहित छथर जोरपाटी–३ का धनमाया राई, ७ वर्षीय न्युहाङ सुब्बा, पुनम लिम्बू, २ वर्षीया आरध्या लिम्बू, आईन्द्र लिम्बू, भवानी लिम्बू, हेमबहादुर लिम्बू, अबिन लिम्बू र आषिश लिम्बू घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाइएको प्रहरीले जनाएको छ।
