प्रिमियर लिगमा आर्सनल स्तब्ध

एजेन्सी । साविक विजेता आर्सनल इंग्लिस प्रिमियार लिगमा स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा आर्सनल ब्रिघटनसँग ३-० गोलले पराजित भएको हो ।

अमेरिकन एक्प्रेस स्टेडियममा भएको खेलमा ब्रिघटनलाई जित दिलाउन पास्कल ग्रोब, चारालाम्पोस कोस्टोउलास र चेमा एन्द्रेसले समान एक/एक गोल गरे । खेलको ३१ औँ मिनेटमा ग्रोबले गोल गर्दै ब्रिघटनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४५ औँ मिनेटमा कोस्टोउलासले गोल गर्दै ब्रिघटनको अग्रता दोब्बर बनाए । ५७ औँ मिनेटमा एन्द्रेसले गोल गर्दै ब्रिघटनलाई ३-० गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा ब्रिघटन ३-० गोलले विजयी भएको हो ।

जितसँगै ब्रिघटन ५ खेलबाट १० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ५ नाक जोडेको आर्सनल दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *