एजेन्सी । ब्राजिलियन विंगर राफिन्हाले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ३-० गोलले हराउँदै बार्सिलोनाले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।
इस्टाडियो रामोन सान्चेज पिजुआनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक पूरा गर्दा सेभिल्लाको लागि योउसोउफ फोफानाले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा सेभिल्ला पराजित भएको हो । खेलको १९ औँ मिनेटमा फेलिक्स कोरेआको क्रसमा फोफानाले हेडर गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
तीन मिनेटपछि क्रिस्टेन्सनको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । ५२ औँ मिनेटमा लामिने यामालको क्रसमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । ६९ औँ मिनेटमा यामालकै पासमा राफिन्हाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेर बार्सिलोनालाई ३-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै बार्सिलोना ७ खेलबाट २१ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट १३ अंक जोडेको सेभिल्ला पाँचौ स्थानमा रहेको छ ।
