प्रज्जवल थापा । युईएफए युरोपा लिगमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले ओलम्पिकोसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउन मार्टिन ओडिगार्ड, गाब्रियल र मोहम्मद एल्नेले एक/एक गोल गरे । ओलम्पिकोसको लागि योसेफ एलअर्बिले सान्त्वना गोल गरे । ३४ औं मिनेटमा मार्टिन ओडिगार्डले गोल गर्दै आर्सनलाई खेलमा अगाडि बढाएका थिए । ५८ औं मिनेटमा युसेफले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।

तर खेलको ८० औं मिनेटमा विलियमको पासमा गाब्रियलले गोल गर्दै आर्सनललाई फेरि अग्रता दिलाए । ८५ औं मिनेटमा मोहम्मद एल्नेले गोल गर्दै आर्सनललाई ३-१ गोलको सहज जित दिलाए । अब मार्च १८ मा हुने दोस्रो लेगमा आर्सनलले घरेलु मैदानमा ओलम्पिकोसको अतिथ्य गर्नेछ ।
