काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलमाथि सिरहमा आक्रमण प्रयास भएको छ । शनिबार सिरहामा आयोजित एक कार्यक्रमका क्रममा सम्बोधन गर्ने क्रममा उनीमाथि आक्रमण प्रयास भएको हो ।
मन्त्रीले कार्यक्रमलाई सम्बोधन गरिरहँदा होहल्ला गरिएपछि कार्यक्रम नै बिथोलिएको थियो । मन्त्री पोखरेल शैक्षिक कार्यक्रम र पाठ्यक्रम परिमार्जनका लागि मधेस प्रदेशमा सुझाव संकलनका क्रममा सिरहा पुगेका थिए ।
