विष्णु माझीको तीज गीत ‘घरबार’

काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक भएको छ । ‘पुतलीको भट्टी भाग–२२’ अन्तर्गतको उक्त गीत सपना म्युजिक इन्डस्ट्रिज प्रालिले बजारमा ल्याएको हो ।

‘मायाको सानो दरबार, आमा अब त मलाई नसोध न कस्तो छ भनेर, यस्तै छ आमै घरबार’ बोलको गीतमा विवाहपछिको घरबार, महिला जीवनका भोगाइ तथा भावनात्मक पीडालाई प्रस्तुत गरिएको छ ।

गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ भने विष्णु माझीले स्वर दिएकी छन् । गीतको एरेन्ज यम थापा मगरले गरेका हुन् ।

गीतको भिडियोमा ललिता पौडेल, बाल कलाकार परिसा कँडेल, महिमा आचार्य र जियाना चार्याको अभिनय रहेको छ । शम्भु चालिसेको छायांकन, विवेक बीकेको ड्रोन तथा मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।

गीत तथा भिडियोको निर्देशन र निर्माण सुन्दरमणि अधिकारीले गरेका हुन् । तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको ‘घरबार’ले नेपाली समाजमा महिलाले भोग्दै आएका घरायसी जीवनका विविध पक्षलाई गीतमार्फत प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *