एजेन्सी । फेर्मिन लोपेजको दुई गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस लिग ला लिगामा जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको हो ।
मेट्रोपोलिटानोमा भएको खेलको दसौं मिनेटमा जुलियन अल्भारेजको पासमा गिलियानो सिमेओनले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याएका थिए । ६६ औँ मिनेटमा लामिने यामालको पासमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भएको हो । जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट २८ अंक जोडेको एट्लेटिको म्याड्रिड २८ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।
