एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडको सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियालाई ३-० गोलले हराउँदै म्याड्रिडले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको हो ।
इस्टाडियो डी मेस्टाल्लामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन फेडेरिको भाल्भेर्डे, आर्दा गुलेर र किलियन एम्बाप्पेले समान एक/एक गोल गरे । खेलको २८ औँ मिनेटमा भाल भेर्डेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
३६ औँ मिनेटमा गुलेरले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ७५ औँ मिनेटमा गुलेरको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई ३-० गोलको अग्रता दिलाएका थिए । चार मिनेटपछि जोसे गाया रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ३-० गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड १२ खेलबाट ३० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ९ अंक जोडेको भ्यालेन्सिया १९ औँ स्थानमा रहेको छ ।
