काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र चाँदीको मूल्य चार हजार ७८० कायम भएको थियो ।
