एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई २-० गोलले पराजित गरेको हो ।
स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फेर्मिन लोपेजले समान एक/एक गोल गरे । खेलको ३७ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै ८२ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई २-० गोलको जित दिलाएका हुन् । जितसँगै बार्सिलोना २ खेलबाट ६ अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन एथ्लेटिक क्लब १९ औँ स्थानमा रहेको छ ।
