वीरगञ्ज (पर्सा) । भन्सार छली गरी भित्राइएको रु १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका–१ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी महादेपट्टी र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा चौकीबाट खटिएको टोलीले साहका साथमा रहेको बिआर २२ बि ०६००१७ नम्बरको मोटरसाइकल तथा १२ बोरा कपडा बरामद गरेको छ ।
