काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई ललितपुरको चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित सोही नगरपालिका–४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका–८ का ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ तथा इटहरी–२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेका दुई मोटरसाइकलसमेत बरामद गरेको छ ।
यसैगरी, तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगर टोलमा डेरा गरी बस्ने सोही नगरपालिका–३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको छ ।
