कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए प्रदेशसभाबाट विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत पर्यो भने विपक्षमा २२ मत परेको छ ।

विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पाटी(नेकपा)का प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । कोशी प्रदेशसभामा एमालेका ४० र नेकपा १७ सदस्य छन्।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । कांग्रेसका २९ सदस्य रहे पनि मतदानमा २२ जना सहभागी भएका थिए । राप्रपाका प्रदेशसभा सदस्यले भने मतदानमा भाग लिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *