बार्सिलोनाको फराकिलो जित

एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा इल्चेलाई ५-० गोलले पराजित गर्दै बार्सिलोनाले लिगमा शानदार शुरुवात गरेको हो ।

इस्टाडियो मानुएल मार्टिनेज भालेरोमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फेर्मिन लोपेजले समान दुई/दुई गोल गर्दा क्रिम अडेयमीले एक गोल थपे । खेलको १४ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा क्रिम अडेयामीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ६७ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना फराकिलो जिततर्फ अगाडि बढेको थियो । ७१ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको अग्रता दिलाए ।

यस्तै ७९ औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० गोलको जित दिलाएका हुन् । जितसँगै बार्सिलोनाले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *