काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशितरुपमा प्रस्तुत भएपछि तनाव भएको छ ।
शुक्रबार सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच छलफल आयोजना गरेका थिए । तर बैठकमा आशिका स्थानीय तहका प्रमुखहरुविरुद्ध खनिएपछि तनाव भएको हो । उनी आक्रोशित देखिएपछि स्थानीय तहका प्रमुखले संयमित हुन आग्रह गरेपछि झन् आक्रोशित हुँदै बैठक छाडेर निस्किएकी थिइन् ।
केहीदिनअघि संसद बैठकमा पनि उनले यस्तै व्यवहार देखाएकी थिइन् । तर भोलिपल्ट उनले सामाजिक संजालमा भनेकी थिइन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु ।’ तर उनले यस्तो भनेपनि उनी मर्यादामा बसिनन् ।
