कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
मुख्यमन्त्री शाहीको पक्षमा २१, विपक्षमा १३ र २ मत तटस्थमा परेको थियो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ जना सांसदको समर्थन चाहिन्छ ।
प्रदेशसभामा नेकपाका १४ र एमालेका १० गरी २४ जना सांसद छन् । त्यस्तैे नेपाली काँग्रेसका १५, पूर्व मुख्यमन्त्री राजकुमार शर्मा र राप्रपाका एक सांसद छन् ।
