काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । निर्धारित समयमा काम नगर्ने सात कम्पनीलाई कार्यालयले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्नेमा अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण सेवा बझाङ, शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेको एम÷एस बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन, सन्तोषी निर्माण सेवा रहेका छन् ।
त्यस्तै, यसैगरी पवन पासवान मुख्य व्यक्ति रहेको रमन कन्स्ट्रक्सन धनुषा, श्याम किशोर साह मुख्य व्यक्ति रहेको सगुन निर्माण सेवा धनुषा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ओम इन्फ्राटेक ललितपुरलाई पनि कालोसूचीमा राखिएको छ ।

