गृह सचिव र आईजीपी बर्खास्त गर्न खगेन्द्र सुनारको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि लत्ताकपडा तथा जुत्ता खरिदमा भएको भनिएको भ्रष्टाचारबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।

सांसद सुनारले सामाजिक सञ्जालमार्फत म्यादी प्रहरीको पोसाक तथा जुत्ता खरिदमा भएको भनिएको अनियमिततामाथि तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले छानबिन अघि गृहसचिव र सम्बन्धित जिम्मेवार अधिकारीलाई बर्खास्त गर्नुपर्ने मागसमेत गरेका छन् । भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न र जनमतको कदर गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘म्यादी प्रहरीको लत्ताकपडाजुत्ता खरिदमा भएको भ्रष्टाचार काण्डको उजुरी तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही जरुरी छ ! त्यसअघि गृह सचिव र आईजीपी बर्खास्त गर्न अनिवार्य छ । भ्रष्टाचारको विरुद्ध सुशासन कायम गरी जनमतको कदरको लागि यो कदम उठाउनु पर्छ । कर्मठ र गौरवशाली प्रहरी र संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन । हामी दरिलो प्रहरीको पक्षमा छौं ।’

‘कर्मठ र गौरवशाली प्रहरी संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन । हामी दरिलो प्रहरीको पक्षमा छौँ,’ सुनारले भनेका छन् ।

उनले म्यादी प्रहरीका लागि खरिद गरिएका सामग्रीमा अनियमितता भएको भए त्यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । उनले ‘जुत्ता लगाउने हो, खाने होइन’ भन्दै खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचारप्रति व्यङ्ग्यसमेत गरेका छन् ।

केहीदिनअघि सार्वजनिक लेखा समितिमा सांसद सुनारले गृहसचिव र प्रहरी प्रमुख बर्खास्त गर्न माग गरेका थिए । उनको यस्तो अभिव्यक्तिपछि प्रहरी प्रमुखले सभामुखसँग पनि भेट गरेका थिए भने उनको अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *