भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी रु ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज मोबाइलका पार्टपुर्जा, चिनी र डोरीलगायत उक्त परिमाणका सामान बेवारिसे अवस्थामा बरामद गरिएको जनाएको हो ।

प्रहरीले पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रणका लागि निगरानी तथा गस्ती बढाउँदै आएको जनाएको छ । त्यसक्रममा आज सामान बरामद गरिएको र आवश्यक कारबाहीका लागि ती सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको कार्यालयका सहप्रवक्ता, प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *