काठमाडौँ । कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६मा प्रवेश गरेको छ । बुधबार बेलुकी भएको अन्तिम ३२ को खेलमा डीआर कङ्गोमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड अन्तिम १६मा पुगेको हो ।
एटलान्टा स्टेडियममा भएको खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा कङ्गो पराजित हुन पुगेको हो । खेलको सातौँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
७५ औँ मिनेटमा यारी केनले हेडर गोल गर्दै इंग्ल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए । ११ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २-१ गोलको पुनरागमन जित दिलाएका हुन् ।
अब इङ्ल्याण्डले अन्तिम १६मा मेक्सिकोको सामना गर्नेछ ।
