काठमाडौं । एसिसी यू-१९ महिला प्रिमयर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले प्रेस विज्ञप्तिमार्फत १८ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
नेपालले सोनी पाक्रिनको कप्तानीमा प्रतियोगिता खेल्नेछ । प्रतियोगिता आगामी जुलाई ११ देखि मलेसियामा आयोजना हुनेछ ।
नेपाली टोली:
सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिशा कुमारी यादव,सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा,कुस्मा गुरुङ, अञ्जनी पाठक, मनीषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा साह, प्रिस्ना राना मगर, साक्षी यादव, आशा चौधरी
