काठमाडौँ । फिफा विश्वकप फुटबलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले जित निकालेको छ । एटलान्टा रंगशालामा भएको खेलको इन्जुरी टाइममा योवान विसाले गोल गर्दै उज्बेकिस्तानविरुद्ध कंगो डीआरले ३–१ गोल अन्तरले जित निकालेको हो ।
यस्तै, खेलको ७८औं मिनेटमा फिस्टन मेलेले गोल गरेर कंगो डीआरलाई २–१ को अग्रता दिलाएका थिए भने खेलको ६८औं मिनेटमा कंगोकै विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेर टिमलाई बराबरीमा पुर्याएका थिए ।
यसअघि खेलको १०औं मिनेटमा नै उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
