काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् । शाहले ४७१ मत र ढकाल ४०४ मतका साथ निर्वाचित भएका हुन् ।
सोही पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईँले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गरेका छन् ।
एक जना महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् । सहमहामन्त्रीमा डाँगी ७३७ मत प्राप्त गर्दै विजयी भएकी हुन् । सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा (बिदुसी)ले ८२ मत, जुली यादवले ७८ प्राप्त गरेका छन् ।
