न्युजिल्याण्डमाथि इजिप्टको शानदार पुनरागम जित

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भएको खेलमा इजिप्टले शानदार पुनरागम जित निकालेको छ । सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्याण्डमाथि ३-१ गोलको शानदार पुनरागमन जित निकालेको हो ।

बिसी प्लेसमा भएको भएको खेलमा इजिप्टलाई जित दिलाउन मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेगुएटले समान एक/एक गोल गरे । न्युजिल्याण्डको लागि फिन सर्म्यानले एक गोल गरे । खेलको १५ औँ मिनेटमा सर्म्यानले गोल गर्दै न्युजिल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ५९ औँ मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

६७ औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २-१ अग्रता दिलाए ।  यस्तै ८२ औँ मिनेटमा ट्रेजेगुएटले गोल गर्दै इजिप्टलाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोड्दै समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको न्युजिल्याण्ड पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *