काठमाडौँ । नेपाल ओलम्पियन एशोसिएशन र नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यहरुलाई शुक्रबार स्वागत गरेको छ ।
त्रिपुरेश्वरस्थित खेलाडी सङ्घको कार्यालयमा संयुक्त आयोजित कार्यक्रममा ओलम्पियन एशोसिएशन र खेलाडी सङ्घले पदाधिकारीलाई स्वागत गरेको हो । राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा राखेप सदस्यहरु सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई ओलम्पियन एशोसिएशनका अध्यक्ष दीपक विष्ट, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
ओलम्पियन एशोसिएशन र खेलाडी सङ्घले आ–आफ्नोतर्फबाट मायाको चिनो प्रदान गरे । बोर्ड सदस्यमा नियुक्त मोनालिशा खम्बू भने हाल नेपाल बाहिर छन् ।
