काठमाडौं । एसियन गेम्स पुरुष छनोट अन्तर्गत केहिबेरमा शुरु हुने फाइनल खेलमा नेपालले हङकङविरुद्धविरुद्ध टस जितेको छ । सिंगापुरस्थित सिंगा ओभलमा हुने फाइनल खेलमा नेपालका कप्तान दीपेन्द्र सिंह एरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आज दीपेन्द्र सिंह एरीले १ सय टी-२० आई खेल खेल्दैछन् । एक सय टी-२० खेलको कोसेढुङ्गा छुने उनी पहिलो नेपाली खेलाडी हुन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आफिस शेख, रोहित पौडेल, सन्दीप जोरा, दीपेन्द्र सिंह एरी, लोकेश बम, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शेर मल्ल
