काठमाडौं । स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानमा चयन भएकी छन् । निरुतालाई नेपाल भलिबल संघको शुक्रबार बसेको ६९ औँ केन्द्रीय समितिको बैठकले निरुतालिई राष्ट्रिय टोलीको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले निरुतालाई कप्तानमा नियुक्त गरेको हो । अब नेपालले निरुताको कप्तानीमाआगामी साता काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
