चलचित्र ‘मास्टर्नी’को विवादित गीत बन्द गर्न शिक्षक महासंघको माग

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवद्र्धनात्मक (प्रमोसनल) सामग्रीका रूपमा भर्खरै सार्वजनिक गीतप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल बन्द गर्न फिल्म निर्मातासँग माग गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त विज्ञप्ति जारी गरी त्यस गीतले महिला शिक्षकर शिक्षण पेसाकै गरिमामा गम्भीर प्रहार गरेको उल्लेख गरेका हुन् । उनीहरुले महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ। साथै त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने कुराप्रति समेत सचेत गराउँछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *