फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा

काठमाडौं । स्पेन फिफा विश्वकप-२०२६ को फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २-० गोलले हराउँदै स्पेन दोस्रोपटक फाइनलमा पुगेको हो ।

डाल्लास स्टेडियममा भएको खेलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबाल र पेड्रो पोरोले समान एक/एक गोल गरे । खेलको २२ औँ मिनेटमा ओयार्जाबालले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५८ औँ मिनेटमा पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन २-० गोलले विजयी भएको हो ।

जितसँगै स्पेन फाइनलमा पुग्दा फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ । अब स्पेनले फाइनलमा बुधबार राति अर्जेन्टिना र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *