एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ३-० गोलले हराउँदै सिटीले उपाधि जित्ने सम्भावनालाई जीवित राखेको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन जेरेमी डोकु, इर्लिङ ब्राउट हालान्ड र ओमार मार्मोउशले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औँ मिनेटमा डोकुले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
७५ औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यस्तै दोस्रो हाफको इन्जुरी समयमा हालान्डकै पासमा मार्मोउशले गोल गर्दै सिटीलाई ३-० गोलको जित दिलाएका हुन् ।
जितसँगै सिटी ३५ खेलबाट ७४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल बढि खेलेको ब्रेन्टफोर्ड ५१ अंकको साथ आठौँ स्थानमा रहेको छ ।
