बीबीसी । अमेरिकाको लुइजियानामा भएको गोलीकाण्डमा एकदेखि १४ वर्ष उमेर समूहका आठ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बन्दुकधारीले १० जनामाथि गोली चलाएका थिए। त्यसपछि उनले चोरी गरिएको गाडीमा भाग्ने प्रयास गरेका थिए।
प्रहरीले पछि पछ्याउँदै आशंकित आक्रमणकारीलाई गोली हानी मारेको जनाएको छ । प्रहरीले मृतकहरूको नाम सार्वजनिक नगरे पनि केही बालबालिका मृत व्यक्तिसँग सम्बन्धित रहेको जनाएको छ ।
श्रेभपोर्ट प्रहरी प्रमुखले यस्तो घटना कल्पनाभन्दा बाहिर रहेको बताउँदै गहिरो दुःख व्यक्त गरेका छन् । उनले अनुसन्धानका लागि लुइजियाना प्रहरीसँग समन्वयमा भइरहेको जानकारी दिए।
