१३ सय रुपैयाँले घट्यो तोलामा सुन

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबरा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *