किएभ गोलीकाण्डमा दुई प्रहरी निलम्बित, अनुसन्धान सुरू

किएभ । किएभमा ६ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डबाट भागेको आरोपमा दुई सुरक्षा अधिकारीलाई निलम्बन गरिएको छ।

युक्रेनका आन्तरिक मन्त्रीले भनेका छन्, “अनलाइन प्रसारित एक भिडियोमा उनीहरू भागिरहेको देखिएकोले उनीहरूलाई निलम्बन गरी अनुसन्धान सुरू गरिएको छ।”

युक्रेनको राजधानीको आवासीय जिल्लामा रहेको सुपरमार्केटमा शनिबार एक बन्दुकधारीले गोली चलाएर मानिसहरूलाई बन्धक बनाएको थियो ।

युक्रेनी मिडियाले पोस्ट गरेको एक भिडियोमा बर्दी र पहेंलो भेस्ट लगाएका दुई प्रहरी अधिकारीहरू भुइँमा एक व्यक्तिको छेउमा उभिएको देखिन्छ र त्यसपछि गोली चलेको आवाज सुनिन्छ।

“यो सिङ्गो सुरक्षा प्रणालीका लागि लाजमर्दो कुरा हो र यो लज्जास्पद, अयोग्य व्यवहार हो । उनीहरूलाई निलम्बन गरिएको छ, र यसको अनुसन्धान भइरहेको छ,” आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा लेखेका छन् ।

क्लाइमेन्कोले दुई कर्मचारीहरूको कार्यको आधारमा सम्पूर्ण प्रहरी बलको बारेमा सामान्यीकरण नगर्न’ पनि आग्रह गरेका छन् ।

प्रहरीले गोली हानाहानको कारण पत्ता लगाउन सकेको छैन तर क्लाइमेन्कोले आक्रमणकारीको मानसिक अवस्था स्पष्ट रूपमा अस्थिर रहेको बताए ।

“आक्रमणकारीले कसरी आफ्नो बन्दुक राख्ने अनुमति नवीकरण गर्न आवश्यक मेडिकल प्रमाणपत्र प्राप्त गरे भनेर जाँच गर्नुपर्छ,” क्लाइमेन्कोले भने ।

सन् २०२२ देखि रुसको पूर्ण आक्रमणमा परेको युक्रेनीले छिटपुट गोलीकाण्डका घटनाहरू देखेका छन् तर यहाँको अपराध दर तुलनात्मक रूपमा कम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *