केपी ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार पत्नी राधिका शाक्यले रिट दायर गरेकी हुन् ।

ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावी रिटमा गरिएको छ । रिटमाथि सोमबार सुनुवाइ हुनेछ ।

कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सीधै व्यक्तिहरू पक्राउ गर्ने कुरा कानूनसम्मत नहुने रिटमा जिकिर गरिएको छ । शनिबार ओली पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *